काठमाडौं- सरकारले सरकारी खर्च घटाउन २० वटा संस्था खारेज गर्ने भएको छ।
Advertisement
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्।
सरकारी स्वामित्वका २० वटा संस्था खारेज गर्ने घोषणा महतले गरे। र, एकै प्रकृति र कार्यक्षेत्र रहेका निकाय गाभिने उनले बताए।
यस्तै, क्षेत्राधिकारका आधारमा प्रदेश र पालिकाबाट सञ्चालन र व्यवस्था हुने विभिन्न पर्यटन प्रबर्द्धन विकास समिति सम्बन्धित तहमा हस्तान्तरण र खारेजी गरिने उनले जानकारी दिए। खारेज हुने संस्थाको सम्पत्ति र दायित्व व्यवस्थापनको कार्य सम्बन्धित मन्त्रालयले मंसिर मसान्तभित्र गर्ने उनले बताए।