लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताउनुभएको छ । उहाँले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता रहेकोसमेत बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले तीन तहका सरकारबीच अधिकारको बाँडफाँटसँगै सङ्घीयताको सुदृढीकरणका लागि सहयोग सहकार्य र समन्वयको महत्व र आवश्यकता अझै रहेको औँल्याउनुभएको छ ।
“गणतन्त्र दिवसले मुलुकको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु”, सन्देशमा भनिएको छ ।