मेष- आजको दिन शुभ छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुने योग छ। विगतका कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।
वृष- प्रतिस्पर्धीसँग सतर्क रहनु राम्रो हुन्छ। व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ। एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ।
मिथुन- सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ। तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ।
कर्कट- काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउने छ। लगानी डुब्ने डर छ।
सिंह- व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ।
कन्या- आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
तुला- अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ।
वृश्चिक- कमजोरीले चिन्ता बढाउन सक्छ। नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ। गोपनीयता भंग हुने खतरा छ।
धनु- स्वास्थ्यमा उतारचढाव आउने सम्भावना छ। पति-पत्नीका आपसी समस्याले मन खिन्न हुनसक्छ। चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ।
मकर- यात्रामा झन्झट र झमेला आइलाग्न सक्छन्। सामान हराउने वा चोरी हुने डर छ। व्यापारमा सामान्य फाइदाको योग छ।
कुम्भ- नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार-व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ। खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ।
मीन- आर्थिक लाभ मिल्नेछ। धार्मिक यात्रा हुनेछ। ढिलासुस्ती गर्दा काम बिग्रनसक्छ।