काठमाडाैं– अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।
Advertisement
गोलीबारी गिरोहसँग सम्बन्धित भएको पाइएको रेड रिभरका मेयर लिन्डा काल्हौनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनले सो काण्डमा तीन जनाको मृत्यु र पाँच घाइते भएको पुष्टि गरेका छन्।
मे २५ देखि २९ सम्म चल्ने ४१औँ वार्षिक रेड रिभर मेमोरियल मोटरसाइकल र्यालीमा “विभिन्न पृष्ठभूमिका २८ हजार मोटरसाइकल” सो र्यालीमा सहभागी भएको वेबसाइटमा उल्लेख छ।