• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

ओ पेङदोर्जे, ओ डम्फुरे !


आइतबार, जेठ १४, २०८० मा प्रकाशित

काठमाडौं- लेखक तथा साहित्यकार खोजराज गोलेका अनुसार डम्फुको उत्पत्तिसँगै जोडिएर आउँछ, तामाङ म्हेमे (हजुरबुवा) पेङदोर्जेको कथा। उनलाई कसै-कसैले प्योनदोर्जे, ब्योनदोर्जे, पेदोर्जे पनि भन्छन्। उहिल्यै उनी शिकार खेल्दै हिमालछेउतिर पुगेको कथा अहिले पनि तामाङ समुदायमा प्रचलित छ।

Advertisement

उनी शिकार खेल्न हिमालतिर गएका थिए। उनीसँगै उनकी श्रीमती पनि थिइन्। शिकार खेल्दै जाँदा उनले तङ्सर (घोरल) को एक जोडी देखेछन्। उनले ती घोरलमा तीर प्रहार गर्दा बोका घोरल मरेछ। घोरल मरेको दृश्य देखेपछि उनकी पत्नी धेरै दुःखी भइन्। श्रीमती दुःखी भएको देखेर पेङदोर्जे पनि दुःखी भए।

अब दुःखी श्रीमतीलाई कसरी खुशी बनाउने भन्ने उनलाई चिन्ता भयो। अचानक उनको मनमा एउटा जुक्ति फुर्‍यो। उनले आफूले तीर प्रहार गरेर मरेको घोरललाई काँधमा बोकेर घर ल्याए र छाला काढेर सुकाए।

त्यसपछि ह्रोल्मो (बाजा) बनाउन अम्बुसिङ (कोइराला) को हाँगा काटे। त्यसलाई ताछेर घेरा बनाए। त्यसपछि उनी मधेशतिर झरे। मधेशबाट पेङदोर्जेले बाँस लिएर आए। त्यसको ३२ वटा फुर्बा (किला) बनाए।

पेङदोर्जेले कोइराला काठको घेरामा घोरलको छाला तन्काए। ३२ वटा किला ठोके। त्यसपछि बजाए। आवाज आयो- ‘प्लाक धुई धुई, धिङ, धिङ ताक।’ हर्षविभोर हुँदै डम्फु बजाउँदै गीत गाउँदै नाच्न थाले। त्यो आवाज डाँफे चरीले पनि सुनेछन्। डाँफे पनि नाच्न थाल्यो। डाँफे नाचेको देखेर पेङदोर्जेले डाँफेको प्रतीक स्वरूप डम्फुको शिरमाथि डाँफे चरी बनाए। जुन डम्फु बजाउँदा सँगै नाच्छ।

डम्फुको डाँफेचरी नचाउँदै पेङदोर्जे दुःखी भएकी श्रीमती नजिक पुगे। श्रीमती पनि डम्फुको धुन र डाँफे चरी नाचेको देखेर निकै खुशी भइन्। त्यसपछि पेङदोर्जे र उनकी श्रीमती मिलेर तामाङ इतिहासका गीत गाउन थाले। त्यसैले पेङदोर्जेलाई तामाङ गीत संगीतको ज्ञाता मानिन्छ। त्यहींबाट तामाङ गीत संगीतको शुरुवात मान्यता रहिआएको छ।

तर, हिजोआज डम्फुको ‘प्लाक धुई धुई, धिङ, धिङ ताक’ र डम्फुरेहरू हराउँदै गएको छ। तामाङ संस्कृतिअनुसार विवाह गर्दा बेहुलाको परिवार जन्ती लिएर बेहुली लिन जाँदा सबैभन्दा अगाडि डम्फु बजाउनेहरू डम्फुको गीतमा नाच्दै झुमेको भेटिन्छ। बेहुलीको घरमा पुगेपछि जन्ती र बेहुलीपट्टिको कुटुम्बालगायत त्यहाँ उपस्थित भएकाहरूसँग डम्फु जुहारी खेल्ने गरिन्छ। डम्फुको गीत र नाचले बिहेमा छुट्टै रौनक थपिदिन्छ। त्यति मात्रै होइन, बिहेमा हुने हरेक रीतितिथिलाई बजाएको डम्फुको ताकधुई र गीतले सुनमा सुगन्ध भरिदिन्छ।

हिजोआज भने डम्फुको ‘ताकधुई’ धुनमा गाउने डम्फुरे र फापरे गीत ओझेलमा परेका छन्। तामाङ रीतितिथिअनुसार गरिने विवाह र छेवरजस्ता शुभकार्यमा मात्र होइन, डम्फुको महत्त्व मृत्यु संस्कारमा पनि उत्तिकै छ।

कवि राजु स्याङतानको ‘ओ पेङदोर्जे’ पुस्तक पढेपछि पेङदोर्जेबारे जान्ने कौतुहल बढ्नु स्वाभाविकै हो। त्यही कौतुहल पछ्याउँदै जाँदा भेटियो पेङदोर्जेको रोचक कथा।

भाषाविद् अमृत योञ्जनका अनुसार पेङदोर्जे डम्फुबाजाको श्रृष्टिकर्ता हो। तामाङमा समुदायमा देखा परेको पहिलो व्यक्ति हो। उनी प्राचीनकालको भएकाले उनका बारे केही थाहा छैन। यो किंवदन्ती हो। तामाङ संगीतको सिर्जना त्यहींबाट शुरु भएको मानिन्छ।

डम्फुमा युवा चासो

तामाङ मौलिक गीतका सर्जक, संगीतकार तथा गायक बैरागी मोक्तानका अनुसार आजभोलि मेला, चाडपर्वमा गाइने डम्फुरे गीत र फापरे गीत भने हराउँदै गएका छन्। अहिले गीत रचना गरेर रेकर्ड गर्ने काम मात्र भएको छ। पहिलाजस्तो मेला, जात्रामा यस्ता गीतमा जुहारी खेल्न छाडिसकेका छन्।

तर, युवापुस्ताले मौलिक गीतहरूमा गाउँघरका विभिन्न कुनाकाप्चाबाट चासो राख्दै आएका छन्। हिजो नाङलो बोकेर भिडियो बनाएका गीतहरू अहिले डम्फुमा परिणत भएका छन्। गाउँघरमा तिनै भिडियो हेरेर गाउँ, टोल, पालिका, वडामा डम्फुको विकास गर्नुपर्ने माग बढेको छ। ‘स्वदेशमा मात्रै होइन, परदेशबाट पनि माग बढ्दो छ,’ मोक्तान बताउँछन्।

डम्फुमा कस्ता गीत गाइन्छ?

डम्फु बजाएर विशेषगरी तामाङ समुदायको परम्परागत संस्कार, संस्कृतिका बारेमा गीत गाइन्छ। प्रकृति पूजा ‘साङसेरगेम’ गर्दा पनि डम्फु बजाइन्छ। ताम्बा, गान्बाले पनि यही डम्फु बजाउँछन्। ताम्बाले इतिहासको कुरा डम्फुरे गीतमार्फत नै बताउँछ। चारदाम, आठदाम, बाह्रधाम, बगी धाम पनि यही डम्फु बजाएर गाइन्छ। त्यति मात्रै होइन, अलिकति ठट्यौली साइँला-साइँली, कान्छा-कान्छी, झिल्के-झिल्केनीहरूले पनि यही डम्फु बजाएर ठ्ट्यौली माया प्रेमका गीतहरू गाएर आफ्नो प्रेम व्यक्त गर्छन्।

ताम्बा र गान्बा को हुन्?

ताम्बा भनेका इतिहासकार हुन्, जसलाई तामाङ समुदायको इतिहास जानकारी हुन्छ। ‘हाछादोनोला ताम, लिछादोनोला ताम’ (पहिलाको र पछिको कुरा) भन्ने व्यक्ति नै ताम्बा हुन्। ताम्बाले तामाङ समुदायको रिमठीम, चारदाम, संस्कार, संस्कृतिलाई ‘क’देखि ‘ज्ञ’सम्म राम्रोसँग जानेको र बुझेको हुन्छ। गान्बा भनेको हाम्रो समुदायमा बसोवास गर्ने हजुरबुवा, समाजसेवी अथवा गाउँघरमा सल्लाह सुझाव दिने व्यक्ति हुन्। ताम्बाले ‘क’देखि ‘ज्ञ’सम्म सिकेर आएको कुरामा केही तलमाथि भयो भने त्यसलाई सच्याउने र राम्रो गर्न सुझाव दिने काम गान्वाले गर्छन्। त्यसैले ताम्बा र गान्वा तामाङ समुदायका मुटु हुन्।

डम्फुरे र फापरे गीतमा परिवर्तन

विगतमा डम्फुरे गीतमार्फत डाँडापाखा, पखेरा, घाँस दाउरा, ढिकी जाँतो गर्ने बेला गीत गाउने गरिन्थ्यो। परदेशमा लाहुर जानेको बारेमा, देउरालीको जात्रा, चण्डीपूर्णे जात्रा, करमबोट, लिखु, शैलुङ मेलामा भेट भएका आफ्ना दोस्तीसँग सुख, दुःख साटेर गीत गाउने प्रचलन थियो। अहिले संगीतको नाममा मौलिकभन्दा फरक बढी प्रचलनमा आएको गायक मोक्तान बताउँछन्।

अहिलेको पुस्ता डम्फु बजाएर नाच्न खोच्छ। तर, डम्फुरे र फापरे गीतलाई खासै वास्ता गर्दैन। आधुनिक नयाँ गीततिर उनीहरूको चासो देखिन्छ।

यस्तै, विगतमा यस्ता गीतहरू जात्रा, मेला र शुभकार्यमा आमनेसामने बसेर गाइन्थ्यो। अहिले भने स्टुडियोमा गएर हेरेर रेकर्ड गर्ने काम मात्रै भइरहेको छ। जात्राहरू पनि हराउँदै गएका छन्। राज्यले तिनको संरक्षणमा चासो दिएको छैन। जात्राबाट यति मीठो भाका उत्पत्ति हुन्छ र इतिहास कहन्छ भन्ने राज्यलाई थाहा छैन। अहिले वास्तविकभन्दा यस्तै होला भनेर गाउने चलन बाक्लिएको छ।

कस्तो हो फापरे गीत

पहिला प्रशस्त जग्गा जमिन थिएन। जंगल फाँडेर खेतीपाती गर्ने चलन थियो। पाखा पखेरा, घारी फाँडेर अन्नबाली लगाइन्थ्यो, जसलाई भास्ने भनिन्छ। त्यसरी जंगल फाँडेर फापर लगाउने गरिन्थ्यो। फापर पाक्ने बेला गरिब, धनी, खानै नपाउने पनि फापर उखेल्न आइपुग्थे। त्यही फापर उखेल्दै सुख, दुःखका सबै कुरा समेटेर गीत गाउने भएकाले फापरे गीत भन्ने गरिएको मोक्तान बताउँछन्। अझै पनि शैलुङको थुम्का, तेमालको जात्रा, रामेछाप, नुवाकोट, सिन्धुपाल्चोकलगायत तामाङ जातिको बाहुल्य भएका ठाउँमा फापरे गीत गाउने चलन छ।

मृत्यु संस्कारमा पनि डम्फु

तामाङ समुदायको शुभकार्य र रमाइलोमा मात्र होइन, मृत्यु संस्कारमा पनि डम्फु बजाउने चलन छ। विवाह गर्दा बजाउने डम्फु गीतमा ‘छेरिङगै ज्याबा तागै’ भनेर आशिर्वाद दिएजस्तै कोही मृत्यु भएर घेवा गर्दा ‘राङ ज्यावा ग्लारी फेबस्युगो, ज्यावा ग्यालमरी फेवस्युगो’ भनेर गाउने प्रचलन छ। ‘स्वर्गलोकमा पुग्नूस्, बाजागाजाको साथ विदाइ गरिरहेका छौं’ भनेर डम्फु बजाएर गीत गाउँदै विदाइ गर्ने चलन अझै पनि छ।

आइतबार, जेठ १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.