काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारेका छन्।
Advertisement
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले देशकाे सीमा सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले सीमाकाे विषयमा थाती रहेको समस्यालाई नक्सा र प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ रहेकाे र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए। बताए।