काठमाडौं- काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्किएको छ।
Advertisement
नेपाल वायुसेवा निगमको आरए-२२५ जहाज ४० नटिकल माइल उडिसकेको अवस्थामा चरा ठोक्किएको आशंका गरिएपछि काठमाडौं नै फर्काइएको हो।
चरा ठोक्किएको आशंका गरिएपनि जहाजमा कुनै क्षति नभेटिएको र धावनमार्गमा चरा नभेटिएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ।