हे सुनमाया यस्तो पनि हुन्छ र
सुनको जलारी पनि पित्तल हुन्छ र
रेडियोमा यो गीत सुनेपछि हाम्रा गाउँका
बडका भलमन्सा रिसाउँदै भने
नेपालीलाई भुटानी बनाउने
मान्छे मार्नेलाई जेलबाट छुटाउनेले
सुन भनेर पित्तलको बनाए के को अचम्म
जग्गा भएकालाई
सुकुम्वासी बनाएकै हुन्
पुरुष सांसदले महिलाको
सुविधा लिएकै हुन्
काठमाडौंमा घर भएकाले
घरभाडा सुविधा लिएकै हुन्
गाडी नभएकाले
तेल सुविधा लिएकै हुन्
चिनियाँ अदुवालाई
नेपाली भनेर विदेश पठाउन
सिकाएकै हुन्
मलेसियन सुपारीलाई
नेपाली भनेर पनि ठगेकै हुन्
अर्काकी श्रीमतीलाई
आफ्नी श्रीमती बनाएर
विदेश लगेकै हुन्
मान्छे मारेर इँटाभट्टामा
मान्छे पोलेर जेल गएकै हुन्
भुँडी फुट्ने गरी घिचेर
भ्रष्टाचारमा जेल गएकै हुन्
तस्करलाई एयरपोर्ट ठेक्का दिएर
तस्करी गरेकै हुन्
आफ्नो बाउको सम्पत्तीसरह
सरकारी सम्पत्ती बेचेकै हुन्
टाउको समातेर
बडका भलमन्साले भने
नाति हल्ला चलेजस्तै
पित्तलको हाले अचम्म नमान्नु
यिनको भर कहिल्यै नपर्नु
सुनमाया सकिएपछि रेडियोमा
गाना घन्किरहेको थियो
सोने जैसा रंग है तेरा
पित्तल जैसी चाल
इक …