• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

प्रकृति तथा नदी संरक्षणमा चासो बढ्दै


शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित

काठमाडौं– प्रकृति एवम् नदी अधिकार संरक्षणबारे चासो बढेको छ । जिल्लामा रहेका नदी तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले जिल्लाका सङ्गठित सङ्घसंस्था तथा नागरिकले ‘प्रकृति एवम् नदी अधिकार संरक्षण अभियान’ सञ्चालन गरी सबै नदी र नदीका सभ्यताको अध्ययन र संरक्षणबारे चासो बढाएका छन् ।

Advertisement

‘हामीले रातु नदीको किनारमा नै जीवन धान्न सिक्यौँ, खानेपानी र सिँचाइका लागि यही नदीको प्रयोग गरेका थियौँ । पछिल्लो समय नदी, वनपाखा र थुम्काहरुमा अनियन्त्रित दोहन बढेसँगै सिँचाइका लागि मात्रै नभई खानेपानीकै सङ्कट बढेको छ,’ अभियानका जिल्ला संयोजक ४० वर्षीय निरोज अधिकारीले भने, । उनले अब पनि प्राकृतिक सम्पदाको संरक्षणमा नजुट्ने हो भने ठूलाठूला विपत्ति बढ्ने बताए ।

उनका अनुसार रातु महोत्तरी र धनुषाको साँध छुट्याउँदै चुरे पहाडको पाथीपरानबाट निस्केर महोत्तरीको जलेश्वर हुँदै भारत पस्ने नदी हो । ‘उद्गमस्थलदेखि पूर्वपश्चिम राजमार्गको रातुपुलसम्म २८ किलोमिटर दूरी धनुषाको सिमाना हुँदै महोत्तरीका दर्जनौँ गाउँबस्ती हुँदै जलेश्वरपछि भारत पस्छ,’ उनले भने ।

हिउँदभरि पानी नदेखिने, बर्खा लाग्यो कि घरखेत बगाउने त्रास ! अभियानका सदस्य भङ्गाहा–४ का ४५ वर्षीय हिरालाल महतोले भने, ‘दुई दशकअघि सम्म बाह्रैमास पानी बग्ने रातुमा अब बालुमात्र देखिन्छ ।’ नदीक्षेत्र, उकासक्षेत्र, वनपाखा र थुम्कामा बढेको अनियन्त्रित उत्खनन र बढ्दो वन विनासले सन्तुलित वर्षा हुन छाडेपछि रातु नदीको तटीय आसपासका बासिन्दनमा नदीमा आउने बर्खेभेलको त्रासदी बढेको उनको भनाइ थियो । प्राकृतिक सम्पदा र नदीनालाको संरक्षणमा सबैको चासो आवश्यक रहेको महतोले बताए ।

पहिले ऋतु र समयमा लक्षणअनुसार पर्ने पानी अब कथा झैँ बनेको यहाँका स्थानीयवासी बताउँछन् । प्रकृति मानव हस्तक्षेपले फेरिँदै जाँदा वर्षा, जलाधारक्षेत्र र मुहान खलबलिएका भङ्गाहा–४ का ७५ वर्षीय इस्लाम कवारीले बताए । ‘हामी रातुमा बर्सेनि कुलो सखारेर खेतीपाती गथ्र्यौं, ती दिन अब कहावत (कथा) जस्ता भए’ उनले भने, ‘अब नदी मात्रै नभई घरमा भएका इनार पनि सुक्दै गएका छन् । यसले खानेपानीको हाहाकार हुने गरेको छ ।’

जिल्लामा रातुमात्र नभएर मरहा, जङ्घा, बाँके, अङ्कुशी, गेरुका र बिग्ही (तल्लो भेग पुगेपछि कुटमेश्वरी) सहितका नदी छन् । ‘यी नदी अन्नदाता र जीवनदायिनीका रुपमा पूजित थिए, बर्सेनि उक्त नदीको पूजा गरिन्थ्यो,’ अङ्कुशी नदी छेउका सामाजिक कार्यकर्ता ७० वर्षीय रामगुलाम पासवानले भने, ‘अब नदीले स्वरुप फेरेका छन्, मान्छेले यिनलाई कुरुप बनाएका छन् ।’ प्राकृतिक सम्पदामाथि मान्छेको एकोहोरो दोहनले ऋतुतालिकाअनुसारको मौसम हुन छाडेको उनको भनाइ थियो । सदाबहार पानी बग्ने नदी किनार तथा बहावक्षेत्रमा अचेल कमिला हिँडेका देख्नु परेको उनले बताए ।

प्राकृतिक सम्पदाको संरक्षण गर्दै स्थानीयवासीमा नदी संरक्षणबारे चेतना फैलाउने उद्देश्यले सबै सङ्गठित भएर ‘प्रकृति एवम् नदी अधिकार संरक्षण अभियान’ सञ्चालन गरिएको अभियानमा संलग्नको भनाइ छ । जिल्लामा रहेका रातु, मरहा, बाँके, बिग्ही, जङ्घा र गेरुका सहितका नदीका पुरानो परिचय र सभ्यता स्थापित गर्र्दै जनतामा सचेतना जगाउनका लागि अभियान सञ्चालन गरिएको अभियानका सचिव सन्तोष पौडेलले जानकारी दिए ।

करिब दुई साता पहिलेमात्र गठन गरिएको अभियानले जिल्लाका प्राकृतिक सम्पदाहरुको सूची तयार गर्ने, यिनको संरक्षणमा देखिएका चुनौती पहिल्याउने र समस्या सामाधानका उपायबारे विभिन्न सरोकारवाला निकायसँग पहलकदमी बढाउने निर्णय गरेको संयोजक अधिकारीले जानकारी दिए । अभियानले नदी, नदीउकास क्षेत्र, जलाधार क्षेत्र, वन तथा वनपाखासहितका प्राकृतिक सम्पदा अनियन्त्रित उत्खनन र अतिक्रमणको चपेटामा यहाँका स्थानीय परेकाले निष्कर्ष निकालेको उनले बताए ।

‘हामी धनुषाको ‘कमला जलाधार संरक्षण अभियान’बाट उत्प्रेरित भएका छौँ, निरन्तरको प्रयत्नबाट अवस्था फेर्न सकिने विश्वास छ, संयोजक अधिकारीले भन्नुभयो, ‘अब जिल्लाका सबै नदी सभ्यतासँग जोडिएका सरोकारवालालाई आआफ्ना नदीसँग जोडेर अभियान अघि बढाइन आवश्यक छ ।’ नदीसँगै जिल्लाका आदिकालदेखिका जलाधार क्षेत्रहरु जुडी, पचायन, कदमखाडी र जीवछीसहितको संरक्षणमा अभियान सञ्चालन गरिने उनले बताए । निरन्तरको सङ्गठित प्रयत्नले हाम्रा प्राकृतिक सम्पदा संरक्षणमा बल पुग्ने भङ्गाहा–५ का स्थानीयवासी रामबहादुर भुजेलको धारणा छ ।

अहिले नदी, वनसहितका प्राकृतिक सम्पदाबारे अभियान सञ्चालन गरी चेतना फैलाउने तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि सकारात्मक चासो बढाएपछि सर्वसाधारणमा नयाँ आशा पलाएको छ ।

शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.