• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

भोकै-तिर्खै छन् इजिप्‍ट पुगेका सुडानी शरणार्थी


शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित

इजिप्‍ट- युद्धमा आफ्नो लाभ देख्‍ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाइँका कारण इजिप्‍टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ।

Advertisement

सीमामा पर्खिरहेका सयौं शरणार्थी परिवारमध्ये केहीसँग राहदानी छैन। महिला र बच्चाहरूलाई छुट दिइए पनि आफ्नो पति, भाइ वा छोरालाई भिसा नदिएसम्म आफूहरू कतै जान नसकेको बताउने एक महिलाले आफूहरूले इजिप्‍टको वाणिज्य दूतावासको कृपा पर्खेर दिन बिताइरहेको बताइन्।

अन्तर्राष्‍ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार गत १५ अप्रिलमा दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच युद्ध शुरु भएयता एक लाख ३२ हजारभन्दा बढी शरणार्थी इजिप्‍ट आइपुगेका छन्।

सीमावर्ती शहर वादी हल्फास्थित इजिप्‍टको वाणिज्य दूतावासले आफन्तलाई भिसा दिने पर्खाइमा रहेकी एक महिलाले केही दिनदेखि ‘कहिले भुइँमा त कहिले बसमा सुतिरहेको’ एएफपीलाई बताइन्।

नाम नबताउने शर्तमा ती महिलाले भनिन्, ‘हामी खार्तूममा आफ्नो घरबाट भागेको एक महिनापछि आफ्ना केही काकीहरूसँग सीमा पार गर्‍यौं। तर, मेरो काकालाई प्रवेशाज्ञा मिलेको छैन। हामी उनीहरूको पर्खाइमा इजिप्‍टको सिमानामा खुला आकाशमा दिन रात बिताइरहेका छौं। हामी विदेशमा केही गर्न जान्दैनौं। काकाहरूविना हाम्रो अघिको यात्रा असम्भव छ। तर, इजिप्‍टको वाणिज्य दूतावासले उनीहरूलाई प्रवेश आज्ञा दिएको छैन।’

दुई साताको प्रतीक्षापछि अन्ततः कायरो पुगेका अरू केही सुडानी नागरिकहरूले वादी हल्फामा फसेका कारण युद्धका समय फाइदा लुट्ने मुनाफाखोरहरूको व्यवहारको शिकार बनेको बताए। उनीहरूले सबै कुराको अत्यधिक मूल्य निर्धारण गरिएको बताए।

आफ्ना अरू साथी वादी हल्फाबाट ६५० किलोमिटर टाढा रेड सीको सुडानी बन्दरगाह शहरमा रहेको उनीहरू बताउँछन्। त्यहाँ पनि उनीहरूलाई राहतको प्रत्याभूति छैन। तर पर्खिनुको विकल्प छैन। युसुफ अल-बसिरले आफू र अन्य सयौं व्यक्तिहरूले आफ्नो आवेदन पेश गर्न ‘पाँच दिनदेखि’ पर्खिरहेको बताए।

सुडानबाट अन्य देशको सीमा क्षेत्रमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। भाग्‍न नसकेकाहरूमध्ये धेरैजना आधारभूत सामग्रीबिनै आफ्नो घरमा बसिरहेका छन्।

इजिप्‍टको सीमा पार गरेर आउनेहरूका लागि स्थानीय रेड क्रिसेन्टले बिरामीहरूको हेरचाह गर्नुका साथै पानी र बिस्कुटहरू वितरण गर्छ। सुडानी शरणार्थीलाई शरण दिइरहेका अन्य छिमेकी मुलुकहरूको तुलनामा इजिप्‍टमा मानवीय कार्यहरू सीमित छन्।

कायरोले शरणार्थी शिविर स्थापना गर्न अस्वीकार गरेको छ र यसको सट्टा नयाँ आउनेहरूलाई काम गर्ने र स्वतन्त्र रूपमा हिँडडुल गर्ने अधिकार दिइएको बताएको छ। राष्‍ट्रपति अब्देल फतह अल-सिसीले आफ्नो देशले ‘युद्ध शरणार्थीलाई होइन’ तर ‘पाहुना’लाई स्वागत गरिरहेको बताउँदै आएका छन्।

इजिप्‍टको दक्षिणमा प्रवेश गर्ने सुडानीहरूले सीमाबाट करिब २०० किलोमिटर उत्तरमा रहेको सबैभन्दा नजिकको प्रमुख शहर असवानमा लैजान बसको टिकट किन्‍नुपर्छ। तिनीहरूलाई त्यहाँ स्वयंसेवकहरूले स्वागत गर्छन्, जसले तातो खाना खुवाउँछन्। खतरनाक मरुभूमि यात्रामा निस्केपछि सुडानी शरणार्थीहरूका लागि तातो खाना पहिलोपटक मिल्ने गरेको उनीहरू बताउँछन्।

‘हामी दिनमा तीन पटक खाना खुवाउँछौं। बिहानको खानामा चिकेन, पास्ता र सिमी हुन्छ,’ करिब ६० स्वयंसेवकमध्येका एक मन्सुर जोमाले भने, ‘हामी एक दर्जन घरमा खाना पनि पुर्‍याउँछौं। कहिलेकाहीं एउटा आठ परिवारको समूह एकै ठाउँमा जम्मा हुन्छ। उनीहरूले त्यहीं खान्छन्।’

संयुक्त राष्‍ट्रसंघका अनुसार युद्धअघि ४० लाखभन्दा बढी सुडानी इजिप्‍टमा बसोबास गर्दै आएका थिए। छिमेकी देशहरूले अरबी भाषा, सांस्कृतिक सम्बन्ध र फारोनिक युगको काल्पनिक इतिहासको महशुस गर्छन्।

वादी हल्फा छोडेर उत्तरतर्फ लागेका शरणार्थी वालिद अहमदले इजिप्‍ट ‘स्पष्‍ट’ गन्तव्य भएको बताए। उनले भने, ‘यो हाम्रो दोस्रो देश हो।’ इजिप्‍टस्थित आईओएम मिसनका प्रमुख कार्लोस क्रुजले भने, ‘इजिप्‍ट प्रवेश गर्न पर्खिरहेकाहरूको संख्या बढ्दो छ।’

विशेषगरी मधुमेह र अन्य दीर्घरोगका लागि पानी, खाना, सरसफाइ किट र औषधि उपलब्ध गराउन संयुक्त राष्‍ट्रसंघीय निकायलाई एक करोड ९९ लाख अमेरिकी डलर आवश्यक पर्ने उनले एएफपीलाई बताए। ‘दीर्घकालमा शिक्षा र जीविकोपार्जनलगायत अन्य आवश्यकता पनि हुने र त्यसका लागि व्यापक मानवीय सहयोगको लागि बजेटको आवश्यकता देखिन्छ,’ क्रुजले भने।

शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.