विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ बजे आह्वान गरेका छन्।
Advertisement
प्रदेश सरकार मन्त्रिपरिषद्ले यही जेठ ८ गते प्रदेश प्रमुख खापुङलाई बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेकाे थियाे।
प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेकाे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।