काठमाडौं- युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत ‘माया पनि बसेकै थियो’ सार्वजनिक गरेका छन्।
Advertisement
यो गीत आयुषको स्वर, शब्द र संगीतमा छ। गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स विश्वकर्मा र प्रशंसा रायमाझीबीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
शिवराम श्रेष्ठ र संसरा कर्माले छायांकन गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। बिजेश र राजनको संयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो।
गायक मगरको युट्युब च्यानल ‘आयुष मगर’मार्फत भिडियो तयार पारिएको हो। अमेरिका बस्दै आएका गायक मगरले आफ्नो पहिलो म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।