काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा तय गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४२ रुपैयाँ ५७ पैसा र बिक्रीमा १४३ रुपैयाँ २२ पैसा तय गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६४ रुपैयाँ २४ पैसा र बिक्रीमा १६४ रुपैयाँ ९८ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८७ रुपैयाँ ७७ पैसा र बिक्रीमा ८८ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रुपैयाँ १९ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ १३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५८ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९ रुपैयाँ ६१ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ८३ पैसा र बिक्रीमा १८ रुपैयाँ ९२ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४२ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ८ पैसा र बिक्रीमा २९ रुपैयाँ २१ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९६ पैसा र बिक्रीतर्फ १० रुपैयाँ कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ५२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४७ पैसा तथा बहराइनको दिनार खरिदमा ३५० रुपैयाँ ५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ६४ पैसा तय गरिएको छ।