मेष- शुभकामको चर्चा चल्नेछ। मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
वृष- सोचेका कामहरू अगाडि बढ्नेछन्। शुभ समाचार सुन्न पाइएला। व्यवसायबाट फाइदा लिन सकिनेछ।
मिथुन- लाभहानी, सुख दुःख बराबरी मध्यम खालको दिन रहनेछ। ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ।
कर्कट- आँटेको र ताकेको कार्य पूरा होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सेयर बजारको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ।
सिंह- कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। शुभ काममा सरिक हुने अवसर मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।
कन्या- समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।
तुला- लेनदेनमा घाटा हुन सक्छ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आउने छ।
वृश्चिक- नयाँ वस्त्र या उपहार पाइनेछ। रमणीय र सुखद् यात्राको योग छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।
धनु- छोटो दूरीको लाभदायक यात्रा रहला। अतिथिको रूपमा सत्कार पाइनेछ। सेयर बजारबाट राम्रै लाभ हुनेछ।
मकर- आर्थिक झण्झट आइलाग्न सक्छ। स्वास्थ्य प्रतिकूल रहने छ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्।
कुम्भ- स्वास्थ्यप्रति सजग रहनु होला। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। शुभ कार्यको योग छ। दैनिक कार्यमा प्रगति हुनेछ।
मीन- अधुरो कार्यले पूर्णता पाउनेछ। नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।