मेष- काममा साथीभाइको सहयोग मिल्नेछ। धन लाभ हुनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।
वृष- स्वास्थ्यमा कमजोरी रहनेछ। धन खर्च हुनेछ। सानातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहनेछ।
मिथुन- आर्थिक अभावले सताउनेछ। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ।
कर्कट- काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्। दिगो आम्दानी हुने काम शुरु हुनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ।
सिंह- श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
कन्या- अप्ठ्यारा कामको बोझ थपिन सक्छ। सवारीमा सावधानी अपनाउनु होला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
तुला- दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला। व्यावसायिक खर्च बढ्नेछ।
वृश्चिक- प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। नयाँ काम प्रारम्भ हुन सक्छ। आज आयआर्जन राम्रै हुनेछ।
धनु- हिम्मतले काम बनाउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउने छ। पढाइ लेखाइमा प्रगति हुनेछ।
मकर- गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ।
कुम्भ- ढिलासुस्ती हुने देखिन्छ। परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ। व्यापार व्यवसायमा बढी नै फाइदा हुने समय छ।
मीन- मिहिनेतले अध्ययनमा प्रगति हुनेछ। सामान्यतया दिन राम्रै छ। दाम्पत्य सुखमा रमाउने समय छ।