मेष- साझेदारीमा गरिएको काममा सजग रहनुहोला। मनग्य लाभ हुनेछ। बोलीको प्रभाव बढ्नेछ।
वृष- सामान्य झन्झट आइपर्नेछ। भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो रहनेछ। सामाजिक कार्यमा जुट्नुपर्ने समय छ।
मिथुन- खर्च बढ्नाले मनमा खिन्नता पैदा हुनेछ। साथीभाइ टाढिएको अनुभव हुनेछ। मनोरञ्जनमुलक यात्राको सम्भावना छ।
कर्कट- खानपानमा विशेष ध्यान दिनुपर्नेछ। सामान्य चोटपटकको भय छ, सचेत रहनुहोला। घरायसी झमेलामा फसिने सम्भावना छ।
सिंह- निर्णय क्षमतामा कमी आउने छ। खानपानमा रुचि जाग्नेछ। दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ।
कन्या- सामान्य कार्यको निम्ति धेरै समय र परिश्रम खर्चनु पर्नेछ। आर्थिक अभाव होला। कार्य क्षेत्रमा दबाब महशुस हुनेछ।
तुला- तपाईंको कार्य कुशलताले अरू व्यक्तिलाई मोहित बनाउन सक्छ। पठनपाठनको क्षेत्रमा समय मध्यम छ। आम्दानीका स्रोतहरू फेला पर्नाले मनमा उत्साह छाउनेछ।
वृश्चिक- सभा सम्मेलनमा सहभागी हुनुपर्ने योग छ। व्यापार व्यवसायबाट फाइदा हुनेछ। बौद्धिक क्षेत्रमा राम्रो हुनेछ।
धनु- सामान्य यात्रा हुनसक्ला। श्रम र परिश्रमको राम्रो कदर हुने योग छ। आजको दिन शुभ छ।
मकर- खानपानमा विशेष ध्यान दिनु होला। अरूको भर नपर्दा राम्रो। नजिकका मित्रजनसँग सामान्य विवादमा परिएला।
कुम्भ- मानसिक चिन्ता बढ्नेछ। पारिवारिक झमेलाले सताउन सक्छ। अधुरा कार्य सम्पादन हुनेछन्।
मीन- अरूको विश्वास गर्नाले धोका मिल्न सक्छ। स्वास्थमा समस्या आउन सक्छ। आर्थिक अभावले सताउनेछ।