काठमाडाैं- स्पेनको क्याडिज सहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ खुला पिकलबल प्रतियोगितामा नेपाललका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने भएका छन्।
Advertisement
आगामी जेठ ५ र ६ गते हुने उक्त प्रतियोगिताममा नेपालबाट सुवेदीले भाग लिने भएका हुन्।
उनलाई नेपाल पिकलबल सङ्घका अध्यक्ष उमेशकुमार आचार्यले सफलताको कामना गर्दै नेपाली झण्डा प्रदान गरेर बिदाइ गरेका छन्।
सबै उमेर समूहका खेलाडीले खेल्न मिल्ने यो खेल युरोप र अमेरिकामा निकै लोकप्रिय छ।
नेपालमा पनि यसको विभिन्न खेल भइसकेको र भारतमा आयोजना भएका प्रतियोगितामा पनि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै पदक हात पार्न सफल भइसकेका छन्।
खेलाडी सुवेदी यही वैशाख ३१ गते स्पेन प्रस्थान गर्ने कार्यक्रम छ।