मेष- अनावश्यक खर्च हुनेछ। खासै उपलब्धी हासिल हुन नसक्दा समयमा व्यर्थमा बित्ला। स-साना काममा अल्झिनु पर्नेछ।
वृष- आजको दिन सुखको अनुभूति हुनेछ। तर, अनावश्यक यात्रा गर्नु पर्दा थकानको अनुभव होला। खानपानमा सजग रहनु होला। पेटसम्बन्धी समस्याले सताउला।
मिथुन- आज अध्ययन, अध्यापन सफल रहलान्। आज आम्दानीका स्रोत बढ्ने योग छ। स्वास्थ्य भने कमजोर रहला।
कर्कट- आज विपरीत लिंगीको साथ र सहयोग प्राप्त होला। राम्रो आम्दानी पनि हुन सक्छ। व्यापार, व्यवसायमा राम्रो नाफा आर्जन हुन सक्छ।
सिंह- आजको दिन प्रतिकुल छ। काममा विभिन्न व्यवधान उत्पन्न हुन सक्छन्। तथापि, इष्टमित्रहरू पहिचान गरेर उनीहरूको साथ लिई अगाडि बढ्दा सबै व्यवधान पन्छिने छन्।
कन्या- आजको दिन सुख, दुःख बराबरीको समय छ। जागिरमा झमेला उत्पन्न हुन सक्छ। स्वास्थ्य भने सबल रहने छ। आम्दानीका स्रोत बढ्ने छन्।
तुला- आज अपेक्षाकृत कामहरू फटाफट सम्पादन हुने छन्। त्यसैले मनमा सन्तोषको भाव उत्पन्न होला। आज प्रशस्त धनलाभ हुन सक्छ।
वृश्चिक- आजको दिन अनुकुल छ। व्यापार, व्यवसायबाट राम्रो नाफा आर्जन हुनेछ। कामहरू फटाफट सम्पादन हुने छन्। एकपछि अर्को लाभ हासिल हुनेछ।
धनु- आज विवाद बढ्ने योग भएकाले बोल्दा विचार पुर्याउनु होला। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा पनि सावधानी अपनाउनु उत्तम हुनेछ। झमेलामा पर्ने जोखिम रहेकाले हिम्मत साथ अगाडि बढ्नु होला।
मकर- आज समाज सेवा र परोपकारका काममा मन जाला। आफ्नो विचारले विशिष्ट व्यक्तित्वलाई प्रभावित पार्न सक्नु हुनेछ। रोकिएका काम सम्पादन गर्न साथीभाइको सहयोग प्राप्त होला।
कुम्भ- आज चौतर्फी लाभ हासिल हुने दिन छ। डुबेको रकम उठ्ने छ। आकस्मिक धनलाभको योग पनि छ। व्यावसायिक यात्रामा निस्किनुपर्ने हुन सक्छ।
मीन- आजको दिन सुख, दुःख बराबरीको समय छ। टाढाको यात्रामा भने निस्किने समय छैन। घरमा पाहुनाले सताउलान्। आम्दानीका स्रोत भने बढ्ने छन्।