काठमाडौं- कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।
Advertisement
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो।
काठमाडौं मैजुबहालस्थित घरबाट प्रहरीले खाँणलाई पक्रेको हो।
उक्त घटनाको अनुसन्धानका लागि खाँणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन्।