काठमाडौं- पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन्।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उनलाई आज इस्लामावादस्थित उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले पक्राउ गरेको हो। उनी अदालतमा उपस्थित हुन पुगेका थिए।
पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका छन्।
पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडी भित्र हालेको देखिन्छ।
अदालतकाे गेटबाट खानलाई अचानक उक्त फोर्सले पक्राउ गरेर जबरजस्ती धकेल्दै गाडीमा राखेकाे अलजजिराले जनाएकाे छ।
खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रुपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन्।
इस्लामावाद प्रहरीले उनलाई ‘अल-कादिर ट्रस्ट केस’मा पक्राउ गरेको ट्विटरमार्फत जानकारी दिएको छ।
गतवर्ष अप्रील प्रधानमन्त्रीको रुपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहेका थिए ।
उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको लगायत ८० भन्दा धेरै मुद्धाहरु लगाइएकाे बताइएकाे छ।