मेष- मिहिनेत गर्दा प्रतिफल पाइन सक्छ। दीर्घकालीन योजना सफल बनाउन लागिपर्नु होला। तथापि, आज हात परेको काम पनि आफ्नै लापरवाहीका कारण गुम्ने जोखिम देखिन्छ।
वृष- आज टाढाको रमणीय यात्रा गर्ने अवसर पाइन सक्छ। साथीभाइ र आफन्तजनको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला।
मिथुन- झैझमेलाका बावजुद साहसिक काम सम्पादन हुन सक्छ। व्यावसायिक खर्च बढ्न सक्छ। इष्टमित्रको सहयोगमा लाभ प्राप्त होला।
कर्कट- आज आर्थिक संकट पर्न सक्छ। स्वास्थ्य कमजोर रहला। आफ्ना योजनाहरू गोप्य राखेरै अगाडि बढेको राम्रो होला। विपरीत लिंगीको साथ पाइएला।
सिंह- अरूको मुख ताक्ने बानी हटाउनु उत्तम हुनेछ। आश्वासन दिनेहरूले धोका दिन सक्छन्। स्वास्थ्य कमजोर रहला।
कन्या- आजको दिन विशेष उपहार प्राप्त हुने योग छ। तपाईंको सरल जीवनशैलीको धेरैले प्रशंसा गर्लान्। नयाँ काम थालनी गर्ने समय छ।
तुला- दाम्पत्य जीवन सुखमय रहला। साथीभाइले भरपुर सहयोग देलान्। विपरीत लिंगीको सहयोगमा महत्त्वपूर्ण काम सम्पादन होला।
वृश्चिक- आजको दिन ठगीमा परिने योग रहेकाले अत्यन्तै सावधानी अपनाउनु होला। अनावश्यक खर्चबाट पनि बच्नु उत्तम हुनेछ। आँखाको समस्या देखिन सक्छ।
धनु- आम्दानीको तुलनामा खर्च बढी होला। आर्थिक अभाव देखिन सक्छ। मिहिनेतअनुसार प्रतिफल कम पाइएला। विशिष्ट व्यक्तित्वले साथ देलान्।
मकर- व्यापार, व्यवसाय फलदायी रहलान्। आकस्मिक धनलाभ हुन सक्छ। फसाउन खोज्ने व्यक्तिहरूबाट सावधान रहनु होला।
कुम्भ- डुबेको रकम अझै प्राप्त नहोला। आर्थिक संकटले अधैर्य बनाउन सक्छ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला।
मीन- आजको दिन संघर्षमा बित्ला। स्वादिष्ट व्यञ्जनको अवसर पाइन सक्छ। अपेक्षाकृत काम नबन्दा झण्झट महशुस हुन सक्छ। आज स्वास्थ्य पनि कमजोर रहला।