खाँदबारी- संखुवासभाको भोटखोला गाउँपालिकामा हेलिकोप्टर दुर्घटनामा परेको खबर आएको छ।
Advertisement
अप्पर अरुण जलविद्युत आयोजनाको सामान बोकेको हेलिकोप्टर भोटखोलाको सिप्रुङमा दुर्घटना भएको स्थानीयवासीले जनाएका छन्।
जिल्ला प्रहरी प्रमुख डीएपी वीरेन्द्र गोदारले घटनाको अपुष्ट खबर आएको र प्रहरी घटनास्थलमा पुग्दै गरेको बताए।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।