काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ६२ पैसा र बिक्रीमा १३१ रुपैयाँ २२ पैसा तय गरेको छ। हिजो डलर खरिदमा १३० रुपैयाँ ७२ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३२ पैसा थियो।
यस्तै, युरो आज खरिदतर्फ १४४ रुपैयाँ १० पैसा र बिक्रीमा १४४ रुपैयाँ ७६ पैसा तोकिएको छ। हिजो युरो बिक्रीमा १४३ रुपैयाँ ४० पैसा र बिक्रीमा १४४ रुपैयाँ ६ पैसा थियो।
बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६३ रुपैयाँ ३५ पैसा र बिक्रीमा १६४ रुपैयाँ १० पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८७ रुपैयाँ ६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर खरिदमा ९५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९६ रुपैयाँ २९ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९ रुपैयाँ ६८ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ९० पैसा र बिक्रीमा १८ रुपैयाँ ९८ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९९ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ३३ पैसा र बिक्रीमा २९ रुपैयाँ ४७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८० पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८४ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३८ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३४८ रुपैयाँ २ पैसा तय गरिएको छ।