काठमाडौं- धादिङको धुनीवेशी नगरपालिका-६ धार्केमा यतिबेला सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन्।
Advertisement
हिजो भासिएको पुलमा जालीभित्र ग्याभिन भरेर ग्राबेल गरी १ लेनमा सवारी साधनलाई आलोपालो चलाउन थालिएको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ।
हिजोदेखि रोकिएका सवारी साधन १ लेनमा आलोपालो चलाइएकाले सवारी चापको अवस्था सिर्जना भएको छ।
अहिले पनि २ वटा स्काभेटर, एउटा क्रेन र एउटा रोलरको सहायतामा पुल मर्मतको काम भइरहेको छ।