मेष- भौतिक साधन जुट्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। गोपनीयतामा ध्यान दिँदा राम्रो।
वृष- नयाँ कामको शुरुवात हुनेछ। धनलाभ हुनेछ। दिगो काम शुरु हुन सक्छ।
मिथुन- अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मन प्रफुल्ल हुनेछ।
कर्कट- दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आजको दिन शुभ छ।
सिंह- स्वास्थ्यका लागि खानपिनमा ध्यान दिँदा राम्रो। व्यावसायिक काममा खर्च बढ्नेछ। नयाँ काम थालनी गर्ने राम्रो समय छ।
कन्या- धन लाभ हुनेछ। घरेलु समस्याले सताउन सक्छ। साथीभाइको साथ सहयोग मिल्नेछ।
तुला- आँटेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। बेसुरमा बचन दिनाले दु:ख पाइनेछ।
वृश्चिक- दाम्पत्य जीवन सुखमय रहनेछ। चिताएको काममा सफलता मिल्ने देखिन्छ। भौतिक साधन प्राप्त हुनेछन्।
धनु- स्वास्थ्य कमजोर बन्न सक्छ। अरूको भर नपरेकै राम्रो। चिताएको काम बन्न मुश्किल पर्नेछ।
मकर- आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। आजको दिन मध्यम छ।
कुम्भ- व्यापारमा प्रशस्त फाइदा हुनेछ। रोकिएका काम बन्नेछ। नसोचेको ठाउँबाट धनलाभ हुन सक्छ।
मीन- नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। आम्दानी बढ्नेछ।