कमरेट केही दिनदेखि
परेशान छन्
दिक्क छन् कोसँग
थाहा छैन
Advertisement
समाज अनुशासनहीन भो रे
समाजलाई ठीक पार्नुपर्यो रे
कम्युनिस्ट सबै मिल्नुपर्यो भन्दै
एक्लै भए पनि बडबडाई राख्छन् रे कमरेट
समाज किन अनुशासनहीन भो
पुराना दिन सम्झन पर्दैन
आफूले गरेका गल्ती याद छैन कमरेट
समाज भताभुङ बनाउने
अधिकार खोस्न सिकाउने
को हो कमरेट सम्झिउँ त
डर केको कमरेट
परिवारको भविष्य सुरक्षित भएन कि
दक्षिणका छिमेकीले सातो खाए कि
किन डराएको कमरेट
कोसँग डराएको
अब कम्युनिस्ट एकताका नाममा
झापाली बाको शरणमा गए
सहचालक होइन
खलासीको हैसियतमा पनि राख्ने छैनन्
योग्यलाई पो पुरस्कार दिन्छन्
अयोग्यलाई पुरस्कार दिने भनेपछि
रिसाएर बबाल छन् बा
अहिले तपाईं र रुन्चे कमरेटका
मान्छेले ढुंगा हानेको भनेर
रिसाएर उधुम छन् बा
तपाईं आफैं उपबुजुर्ग
आफैं समझदार हुनुहुन्छ
अरू कति भन्ने कमरेट