मेष- नयाँ ठाउँमा घुमफिर हुनसक्छ। कुनै कुराले मनमा अशान्ति छाउनेछ। सन्तान सुख मिल्नेछ।
वृष- अप्रिय समाचार सुन्नुपर्ला। पढाइलेखाइमा ध्यान जान मुश्किल पर्नेछ। काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ।
मिथुन- कार्य सफलता मिल्नेछ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
कर्कट- दाम्पत्य सुखमा रमाउन सकिनेछ। उपहार पाइनेछ। स्वादिष्ट भोजन मिल्नेछ।
सिंह- सोचेजस्तो काम बन्नेछ। आफन्तजनको सहयोग मिल्नेछ। व्यापार व्यवसायबाट फाइदा हुनेछ।
कन्या- बोलीको विपरीत अर्थ लाग्नेछ। यात्रामा सावधानी अपनाउनुहोला। शरीरमा उमंगको कमी हुनेछ।
तुला- नयाँ काम शुरु गर्ने मौका छ। प्रेम सम्बन्धको लागि राम्रो समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
वृश्चिक- आजको दिन सामान्य र मध्यम रहनेछ। टाढाको यात्राको सम्भावना छ। रोकिएको काम बन्नेछ।
धनु- आम्दानीभन्दा खर्च बढ्नेछ। समाजसेवामा मन जानेछ। नयाँ सवारी साधन प्राप्त हुनेछ।
मकर- धार्मिक कार्यमा मन जानेछ। सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।
कुम्भ- कला र गलाको प्रभाव बढ्नेछ। नयाँ काम हात हाल्ने समय छ। पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।
मीन- बोलीको भरमा कार्य सम्पादन हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। स्वास्थ्य समस्या देखिन सक्छ।