मेष- समाजसेवामा मन जानेछ। मनमा हर्ष र उत्साह छाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
वृष- जटिल ठानिएको काम बन्नेछ। शुभसमाचार सुन्न पाइएला। आर्थिक लाभ हुनेछ।
मिथुन- कुनै कुराको निर्णय लिँदा ध्यान दिनुहोला। पारिवारिक भेटघाटमा दिन बित्नेछ। नयाँ कामको शुरुवात हुनेछ।
कर्कट- रोकिएको काम शरु हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।
सिंह- महत्त्वपूर्ण अवसर जुर्नेछ। यात्रामा सावधानी अपनाउनुपर्नेछ। आजको दिन मध्यम छ।
कन्या- शुभकामको चर्चा चल्नेछ। सानो प्रयासले ठूलो काम बन्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।
तुला- काममा ढिलासुस्ती हुनेछ। स्वास्थ्य समस्या देखिन सक्छ। यात्रा गर्ने अवसर मिल्नेछ।
वृश्चिक- नयाँ कामको योजना बन्नेछ। नयाँ बस्त्र प्राप्त हुनेछ। महिलावर्गबाट विशेष सहयोग मिल्नेछ।
धनु- सेयर बजारबाट राम्रो आम्दानी हुनेछ। दौडधुप गर्नुपर्ने दिन छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्।
मकर- छोटो दूरिको लाभदायक यात्रा हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्।
कुम्भ- नियमित खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। सामाजिक प्रतिष्ठा कायम रहला।
मीन- वैदेशिक काम अघि बढ्नेछ। दिगो फाइदा हुने काम शुरु हुनेछन्। स्वास्थ्यप्रति सजग हुनुपर्नेछ।