मेष- आजको दिन स्वास्थ्य राम्रो रहनाले काममा उत्साहजनक ढंगले लाग्न पाइने छ। दीर्घकालीन योजनामा अगाडि बढ्ने समय छ। व्यापार, व्यवसाय फस्टाउने छन्।
वृष- आज स्वास्थ्य कमजोर रहने छ। अनावश्यक भ्रमण र फजुल खर्चको योग छ। त्यसैले मितव्ययिता अपनाउनु उत्तम हुनेछ। अपेक्षाकृत काम नबन्न सक्छन्।
मिथुन- आज लेनदेनसम्बन्धी विवाद आउला। विगतका समस्याले सताउन सक्छन्। खर्च बढ्ने योग रहेकाले मितव्ययी बन्ने सुझाव छ। त्यसका बावजुद महत्त्वपूर्ण काम बन्नाले मन हर्षित रहला।
कर्कट- आर्थिक कारोबारमा कसैले ठग्ने प्रयास गर्ने छन्। तपाईंलाई फसाउन खोज्नेहरू सक्रिय रहेकाले सतर्कता अपनाउनु होला। इष्टमित्र पहिचान गरेर उनीहरूको सुझावलाई पटक्कै बेवास्ता नगर्नु होला।
सिंह- आजको दिन छोटो दूरीको रमणीय यात्रा रहला। प्रतिस्पर्धात्मक क्षेत्रमा विजयश्री प्राप्त होला। व्यापार, व्यवसायले राम्रो प्रतिफल देलान्।
कन्या- आजको दिन सिर्जनात्मक काममा रुचि जाग्ला। हाइ-प्रोफाइलहरूसँगको संगतले महत्त्वपूर्ण काम बन्लान्। आज रोग र शत्रु किनारा लाग्ने योग छ।
तुला- विवादमा पर्ने जोखिम रहेकाले तौलेर मात्र बोल्नु उत्तम हुनेछ। आफ्ना कमजोरी पहिचान गरेर तिनलाई हटाउने प्रयत्न उत्तम हुनेछ। व्यापार, व्यवसाय आजको दिन राम्रो रहने छन्।
वृश्चिक- आज ज्ञानगुनको क्षेत्र उत्तम रहला। नयाँ सवारी साधन जुट्ने भएकाले मन प्रफुल्लित रहला। दीर्घकालीन लाभको क्षेत्रमा हात हाल्ने समय छ।
धनु- आज डुबेको रकम हात लाग्ला। आम्दानीका स्रोतहरू बढ्ने योग छ। आफन्तजनले पूर्ण सहयोग गर्लान्। मिहिनेती स्वभावले लक्ष्य पहिल्याउन सकिने छ।
मकर- आज झमेलामा पर्ने योग रहेकाले अरूको बारेमा खोजीनीति नगर्नु नै उत्तम हुनेछ। स्वास्थ्य कमजोर रहनाले मन चिन्तित रहन सक्छ। कामको चाप भने बढ्ने समय छ।
कुम्भ- आजको दिन आशा देखाएर धोका दिनेहरूसँग सावधान रहनु होला। व्यावसायिक खर्च बढ्ने योग छ। अपेक्षाकृत काम नबन्न सक्छ, धैर्यवान रहनु होला।
मीन- दीर्घकालीन लाभका क्षेत्रहरू विस्तारै फलिभूत हुँदै जालान्। व्यापार, व्यवसाय मध्यम रहलान्। अवसरहरूले तपाईंलाई पछ्याइरहेकाले तिनलाई हात पार्ने कोशिस गर्नु होला।