मेष- कमजोरी बन्नेछ चिन्ता। स-साना कामले नै बिताउने छन् दिन। कमजोर रहने छ स्वास्थ्य। बढ्ने छ खर्च उपचारमा।
वृष- झुक्याउन सक्छन् धोकेबाजहरूले। लाभ प्राप्त हुनेछ यात्रामा। अप्ठ्यारो मोडमा पुर्याउने छ परिस्थितिले। तथापि, छुटकारा मिल्नेछ शत्रु र रोगबाट।
मिथुन- प्रतिद्वन्द्वीहरू हार्नेछन् आज। ईर्श्या गर्नेहरू पनि किनारा लाग्लान्। परिवारमा सुख सन्तोष छाउने छ। कतै पाहुना लाग्न पुग्नु होला।
कर्कट- आजको दिन व्यवसायको सिलसिलामा यात्रा होला। परिश्रमअनुसार प्रतिफल प्राप्त होला। आज अनुकुल दिन छ।
सिंह- स्वास्थ्यमा समस्या देखिन सक्छ। अध्ययन अध्यापन पनि खासै उपलब्धीपूर्ण नहोला। तथापि, इच्छाशक्ति बढेको छ। अपेक्षाकृत कामहरू फटाफट सम्पादन हुनेछन्।
कन्या- प्रयासअनुसार लक्ष्यको मार्गमा अगाडि बढिएला। शत्रु परास्त होलान्। आजको दिन मिहिनेतीहरूका लागि उत्तम दिन छ।
तुला- मुद्दा मामिला तपाईंकै पक्षमा फैसला होलान्। आज आम्दानीका स्रोत बढ्ने योग पनि छ। पराक्रम बढेको छ। व्यापार, व्यवसायमा फलिफाप होला।
वृश्चिक- अपेक्षा गरेको काममा सहजै सफलता प्राप्त होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। कृषि पेशमा सामान्य आम्दानी प्राप्त होला। व्यापार, व्यवसायमा भने त्यति राम्रो देखिँदैन।
धनु- आज व्यापार, व्यवसाय फस्टाउने छन्। प्रशस्त आम्दानी हुने योग छ। भौतिक साधन प्राप्ति होला। अध्ययन अध्यापनमा ध्यान दिनु जरुरी छ।
मकर- अपेक्षाअनुरुप फाइदा नहोला। कुनै जटिल काम भने फटाफट सम्पादन होला। आम्दानीका स्रोतहरू बढ्ने छन्।
कुम्भ- अरूले आफ्नो फाइदाका लागि उपयोग गर्ने चेष्टा गर्लान्। सावधान रहनु होला। शुभचिन्तक र गुरुहरूको सहयोगमा महत्त्वपूर्ण काम सम्पादन हुन सक्छ।
मीन- आफ्नै असावधानीले प्राप्त भइसकेको अवसर गुम्न सक्छ। कुनै कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुन सक्छ। शुभचिन्तकहरूको सुझाव हमेशा शिरोपर गर्नु उत्तम हुनेछ।