काठमाडौं – दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । आज दिउँसो व्याँस गाउँपालिका–२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए ।
Advertisement
साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुालका डिएसपी जगत गाहामगरले जानकारी दिए ।
उनका अनुसार अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोली र स्थानीयहरूको सहकार्यमा घटना स्थलबाट ५ सय मिटर टाढा भण्डारीको शव फेला परेको प्रहरीले जनाएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।