काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमाले प्रवेश गरेका छन् ।
Advertisement
आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेता न्यौपाने ३० जना भन्दा बढि नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन् ।
न्यौपाने लगायत माओवादीबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी शर्माले ओलीले स्वागत गरेका थिए ।
त्यस्तै रसुवाका प्रेम तामाङ लगायतका दर्जन नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।