काठमाडौं- डकुमेन्ट्री ‘पासाङ स् इन्द द स्याडो अफ एभरेस्ट’ वैशाख १० गतेदेखि प्रदर्शनमा आउने भएको छ । पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पामाथि बनेको डकुमेन्ट्री वैशाख १० गतेदेखि प्रदर्शनमा आउने भएको हो।
Advertisement
डकुमेन्ट्रीको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा हुन् । ७२ मिनेट लामो डकुमेन्ट्री यसअघि २०२२ को मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको थियो ।
डकुमेन्ट्रीमा कसरी चौथौ पटकमा पासाङले सगरमाथा चढ्ने पहिलो नेपालीको इतिहास रचिन् भनेर देखाइएको छ । यो डकुमेन्ट्री ३० भन्दा बढी फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ ।