काठमाडौं- पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Advertisement
योसँगै संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ । हाल २६ जना आइसोलेशनमा, ८ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन्।