काठमाडौं – मोटरसाइकल र बस आपसमा ठोक्किँदा महोत्तरीमा तीनजनाको मृत्यु भएको छ ।
Advertisement
गौशालास्थित रेल्वे पुल नजिकै मुख्य सडकमा बर्दिवास जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
बा.३ ख २३९६ नम्बरको बस र मधेस प्रदेश ०१ ००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलचालक सिराहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी पाँच वर्षीया अंशु मण्डलको मृत्यु भएको हो ।