काठमाडौं – खोलामा नुहाउने क्रममा डुबेर कैलालीमा एक किशोरको मृत्यु भएको छ ।
Advertisement
जिल्लाको कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्लाको स्थानीय कटनी खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको जानकारी दिए ।