कति जिद्दी गरेको
झापाली बाले हरे
मन नभए पनि प्रधानमन्त्री भइदिनुपर्ने
एकाबिहानै कार्यकर्तासँग
डडेलधुरे बडाकाजी चित्तदुखाई गर्दै थिए
ज्योतिषीले किन भन्या हुन्
सातचोटी हुन्छ भनेर
कस्तो बाध्यता आइपर्यो बाबा
इच्छा नभए पनि
यिनका लागि भए पनि
प्रधानमन्त्री बनिदिनुपर्ने
दिक्क पारिसके झापाली बाले
पठाउ मने कमरेटलाई घर फिर्ता
छिटो सर बालुवाटारमा तिमी
बालुवाटारको चौरमा बसेर
उखान टुक्का सुनाउँदै
तिमीसँग बदाम खाने मन छ भनेर
बडा धर्मसंकटमा छु
के जवाफ दिऊँ
के भनुँ मने कमरेटलाई
चित्त दुखाउलान् भन्ने डर छ
त्योभन्दा पनि अपमान र
नैतिकताको रटान दिइराख्ने
अर्का कमरेटको चित्त बुझाउन
झन् महाभारत छ
मलाई पनि धोका दिएकै हुन् मने कमरेटले
सहयोग गर कमरेट भन्दा
भात खान जान्छु भन्दै ठगेर
चारबित्ता उफ्री
झापाली बाको ढोक्सोमा
परेकै हुन्
गरम महिना रोगको महिना
पनि हो
मलाई बालुवाटार बाहिरको
हावापानी पनि फापेन
बाहिरको ओछ्यानमा
निद्रा पनि लागेन
खान मन पनि लागेन
भाइरलको प्रकोप पनि छ
के रोग आइपर्यो भनेर
डाक्टरकहाँ गएको
डाक्टरले औषधि दिए र
स्वास्थ्य लाभका लागि
बालुवाटारको हावापानी राम्रो छ
छिट्टै सर्न प्रेस्क्रिप्सन धस्काइछाडे
जय नेपाल