काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ८६ पैसा र बिक्रीमा १३१ रुपैयाँ ४६ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ७४ पैसा र बिक्रीमा १४४ रुपैयाँ ४० पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६२ रुपैयाँ ३६ पैसा र बिक्रीमा १६३ रुपैयाँ ११ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३७ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ २८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७३ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९ रुपैयाँ ८१ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ ५ पैसा र बिक्रीमा १९ रुपैयाँ १३ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ५९ पैसा र बिक्रीमा २९ रुपैयाँ ७३ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९६ पैसा र बिक्रीतर्फ १० रुपैयाँ कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ २८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २४ पैसा तथा बहराइनको दिनार खरिदमा ३४७ रुपैयाँ ९ पैसा र बिक्रीमा ३४८ रुपैयाँ ६८ पैसा तय गरिएको छ।