काठमाडौं- नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१७ पठ्खौलीस्थित सडकमा प्रदेश २-०३-००१ क ११३२ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१२ कुनवार बस्ने ६० वर्षीय गणेश प्रसाद हरिजनको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ शुक्लागण्डकी नगरपालिका-१२ पिउरी दोभानस्थित सडकमा दुलेगौँडाबाट पिउरीदोभानतर्फ जाँदै गरेको ग.१ ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा जिपमा सवार स्याङ्जा पुतलीबजार नगरपालिका-६ बस्ने ३९ वर्षीय कुल बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य ७ जनालाई जि.पि.कोईराला श्वासप्रश्वास केन्द्र बेलचौतारा पठाइएकोमा ६ जनालाई थप उपचारको लागि गण्डकी अस्पताल रिफर गरिएको छ ।
सिरहा सखुवानान्कारकटी गाउँपालिका-३ परियारपुर चोकस्थित सडकमा प्र २-०१-००३ प ३२८९ नम्बरको मोटरसाइकल र स.४ प ५५१६ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा प्र २-०१-००३ प ३२८९ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय अमित पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।