• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

विश्व हेमोफिलिया दिवस मनाइँदै


सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

काठमाडौं – विश्व हेमोफिलिया दिवसका अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

Advertisement

विश्व हेमोफिलिया दिवसको यस वर्षको नारा ‘सबैका लागि पहुँचः रक्तस्राव रोकथाम विश्व हेरचाहको मापदण्ड’ रहेको छ । विसं २०७८ मा राष्ट्रिय जनगणनामा हेमोफिलियाका व्यक्तिको सङ्ख्या चार हजार नौ सय ३७ जना रहेको देखाएको थियो । नेपाल हेमोफिलिया समाजका आठ सय १४ जना आबद्ध छन् ।

समाजका अध्यक्ष मुकुन्दमणि घिमिरेले भने, “हामीसँग सम्पर्कमा रहनुभएका आठ सय १४ बाहेक अन्य को कहाँ कस्तो अवस्थामा छन्, खोजी कार्य तत्काल हुनुपर्छ, रक्तस्रावको समयमा रोकथाम उपचार नभए उनीहरुको ज्यान जोखिम बढेर जान्छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिपाँच हजार पुरुषको जन्ममा एकजना हेमोफिलियायुक्त व्यक्ति जन्मन्छन् । चिकित्सकका अनुसार वंशाणुगत वा अन्य कारणले पनि हेमोफिलिया देखा पर्नसक्छ । रगत जमाउन आवश्यक तत्व क्लटिङ फ्याक्टरको कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ ।

चिकित्सकका अनुसार हेमोफिलिया दुई प्रकार ‘ए’ र ‘बी’ हुने गर्दछ । हेमोफिलिया ‘ए’ क्लटिङ फ्याक्टर आठको कमीले र हेमोफिलिया ‘बी’ क्लटिङ फ्याक्टर नौको कमीले हुनेगर्छ । हेमोफिलियाको वर्गीकरणअनुसार माइल्ड, मोडोरेट र सिभिएर हेमोफिलिया हुन्छ ।

निजामती कर्मचारी अस्पतालका प्राडा विशेष पौड्यालका अनुसार नेपालका हेमोफिलियाका अधिकांश बिरामीमा ‘ए’ देखिएको हो । उनका अनुसार प्रायः पुरुषमा देखिएको हेमोफिलिया आमाबाट छोरामा सर्ने गर्छ । पुरुषसँगै महिलामा पनि यो रोगको जोखिममा रहेको उनी बताउँछन् ।

“विश्वमा हरेक पाँचजना माइल्ड हेमोफिलियाका व्यक्तिमध्ये एकजनामा सिभिएर हुन सक्छ, महिनावारीमा धेरै रगत बग्ने महिलामा समेत माइल्ड हेमोफिलिया हुनसक्दछ, त्यसैले यसको समयमा परीक्षण गराउनुपर्छ”, उनले भने ।

विश्व हेमोफिलिया महासङ्घका बोर्ड सदस्यसमेत रहेका डा पौड्यालका अनुसार हेमोफिलिया भएका व्यक्तिमा आन्तरिक रक्तस्रावका कारण शरीरका विभिन्न भागमा नीलडाम देखिनु, खोप वा सुई लगाउँदा धेरै सुनिने र दुख्ने हुन्छ ।

बिना चोटपटक पनि घँुडा, कुहिना, गोलीगाँठाजस्ता जोर्नीमा लामो समयसम्म आन्तरिक रक्तस्राव भई सुनिने र अत्यधिक पीडा हुने यसको लक्षणहरु हुन् । मस्तिष्क वा पेटमा रक्तस्राव हुने र दिसापिसाबमा रगत देखिन सक्छ । हेमोफिलिया भएका व्यक्तिमा शल्यक्रियापछि लामो समयसम्म रक्तस्राव हुनेगर्छ ।

हेमोफिलियाको उपचारका लागि क्लटिङ फ्याक्टर अर्थात् रगत जमाउने प्रोटिन दिनुपर्ने हुन्छ । पछिल्लो समय हेमोफिलियाको निदान गर्न सकिन्छ । यसका लागि एन्टिहेमोफिलिक्ट फ्याक्टरको प्रयोग गर्नुपर्छ ।

नेपाल सरकारले यसका लागि औषधि उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म रोकथामका लागि औषधि र उपचार हुँदै आएको छ । यसको निदानका लागि उपचार पद्धति नेपाल भित्र्याउने तयारी रहेको डा पौड्यालले जानकारी दिए ।

 

सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.