काठमाडौं – मंगलबारबाट नेपालमा आयोजना हुन लागेको एशियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ ।
आज नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । वैशाख ५ देखि १८ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछन् । जसमा मुलपानी क्रिकेट मैदान पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो ।
कुल २४ खेल हुने प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् ।
हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि छनोट हुनेछ । यसैगरी प्रतियोगिताका शीर्ष तीन टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछन् ।
प्रतियोगितामा नेपालले वैशाख ५ मा मलेसियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । यसैगरी नेपालले वैशाख ८ मा ओमान, ११ गते साउदी अरेबिया र र १४ गते कतारको सामना गर्नेछ ।
यो पनि हेर्नुहोसः