पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्दतिले मात्रै परिवर्तन सम्भव रहेको बताउनुभएको छ । तनहुँ लोकतन्त्र सम्बद्र्धन तथा विकास समाजद्वारा दमौलीमा आज आयोजित तनहुँको समुन्नत विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रियामा उहाँले लोकतान्त्रिक व्यवस्थाले मात्रै स्वतन्त्रता कायम गरेकाले परिवर्तन हुने बताउनुभयो ।
Advertisement
“लोकतन्त्रले हरेक मुद्दामा प्रतिस्र्धात्मक तवरबाट अगाडि बढ्ने वातावरण कायम गरेको छ, हरेक कुराको अभिव्यक्ति दिएर जनताको अधिकार पूरा गर्नसक्ने व्यवस्था निर्माण पनि लोकतन्त्रले नै गरेको हो”, उहाँले भन्नुभयो । राष्ट्र निर्माणमा कसैले पनि रोक लगाउन नसक्ने उहाँको भनाइ छ । लोकतन्त्र र संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी भएको उहाँले बताउनुभयो ।