मेष- सामाजिक कार्यमा व्यस्त रहने दिन छ। ऋण दिएको रकम फिर्ता हुन सक्छ। स्वादिष्ट व्यञ्जनमा रमाउन पाइने छ।
वृष- साथीभाइको सहयोगमा महत्त्वपूर्ण काम सम्पादन हुन सक्छ। विवेकपूर्ण निर्णयले जटिल काम पनि सहजै बन्न सक्छ। अवसरहरूले पछ्याउने छन्।
मिथुन- रमणीय यात्राको योग छ। स्वास्थ्य कमजोर रहने छ। अधिकार प्राप्त गर्न कसैसँग संघर्ष गर्नुपर्ने हुन सक्छ।
कर्कट- शुभकार्यको योजना बन्ने छ। सामाजिक गतिविधि सफल हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने योग छ।
सिंह- दीर्घकालीन योजना निर्माणमा समय व्यतीत हुन सक्छ। आजको दिन सेयर कारोबार सफल बन्ला।
कन्या- इष्टमित्रको सहयोगमा महत्त्वपूर्ण काम सम्पादन हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले तनाव बढ्न सक्छ। परोपकारमा मन जाला।
तुला- विरोधीहरू सक्रिय छन्, सजग रहनु होला। सुझबुझपूर्ण ढंगबाट जटिल काम सहजै सम्पादन होला। स्वास्थ्यमा सजगता अपनाउनु होला।
वृश्चिक- आज प्रणय सम्बन्धको योग छ। पति-पत्नीबीच सुमधुर सम्बन्ध बन्ला। आजको दिन उपहार पाइने योग छ।
धनु- आफन्तजन र इष्टमित्रको सहयोगमा काम फटाफट सम्पादन होला। परोपकारजन्य क्रियाकलापले समाजमा प्रतिष्ठा आर्जन होला।
मकर- दीर्घकालीन लाभका क्षेत्रमा लगानी गर्नु आजको दिन उत्तम हुनेछ। आफन्तजनको राम्रो साथ पाइएला। मन हर्षित रहने छ।
कुम्भ- सेयरमा गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्छ। सिर्जनात्मक काममा मन जाला। टाढाका आफन्तसँग भलाकुसारी होला।
मीन- साझेदारी व्यवसायमा उल्लेख्य लाभ हासिल होला। शुभकार्यमा सहभागी हुन पाइएला। नजिक बनेर धोका दिनेहरू सक्रिय छन्, सावधान रहनु होला।