काठमाडौं- भक्तपुरको मध्यपुर ठिमी क्षेत्र यतिबेला सिन्दुरे रंगमा रंगिएको छ।
Advertisement
हरेक वर्ष बिस्काः जात्राका अवसरमा यहाँका वासिन्दाले सिन्दुरे जात्रा मनाउँछन्। आज बिहानैदेखि टोल–टोलमा २६ खट जात्रासँगै सिन्दुर दलेर धुमधाम साथ पर्व मनाइँदै छ।
ती खट बालकुमारीमा ल्याएर हर्षोल्लासका साथ सिन्दुर खेल्दै जात्रा मनाइन्छ। यसलाई नेपाल भाषामा सुथः सिया जात्रा भनिन्छ।
ठिमीस्थित बालकुमारी मन्दिर परिसरमा स्थानीयवासीले सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई राखेर नगर परिक्रमा गराएका छन्।
बिस्केट जात्राको अवसरमा ठिमीवासीले बिहानैदेखि हर्षोल्लासका साथ यो जात्रा मनाइरहेका छन्।











