काठमाडौं – गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा सत्यवती गाउँपालिका–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए ।