• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भारतीय उड्डयन सेवामा स्वर्णिम युग


शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित

नयाँदिल्ली- नयाँ विमानस्थलहरूको सञ्चालन, सरकारी–निजी कम्पनीहरूबाट एकैपटक सयौं विमान खरिदको ‘अर्डर’, लाखौं यात्रीको दैनिक आउजाउसँगै उड्डयन उद्योगको विस्तार, बढ्दो विश्वसनीयता र प्रतिष्ठाले भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश गरेको छ।

Advertisement

नयाँ विमानस्थलहरू द्रुत गतिमा उदघाटन भइरहेका छन् भने एयरलाइन्सहरूले सयौंको संख्यामा विमानहरू अर्डर गरिरहेका छन्। नागरिक उड्डयन क्षेत्रमा भएको यो विस्तारले भारत विश्वकै अग्रणी उड्डयन केन्द्र बन्न तयार देखिएको छ।

कुनै देशको हवाई यात्रुको मात्रा र चापलाई त्यसको अर्थतन्त्रको स्वास्थ्यको अनौपचारिक मापनका साथै त्यो देशका नागरिकको क्रयशक्तिको प्रतिबिम्बको रूपमा लिन सकिन्छ। धेरैभन्दा धेरै यात्रीको पहिलो रोजाइ विमान बनिदिँदा त्यो देशको बलियो अर्थव्यवस्थालाई संकेत गर्छ। भारतको सुदृढ आर्थिक आधार र नीतिका कारण यो सम्भव भएको हो। विस्तारै उठेको उड्डयन क्षेत्रले अहिले गति मात्र लिएको छैन, अधिकतम उडान गरिरहेको छ।

उड्डयन क्षेत्रमा अचानकको वृद्धि र यात्री चापलाई दृष्टिगत गरी टाटा सन्सको नेतृत्वमा एयर इन्डियाले गत महिना ४७० वटा बोइङ र एयरबस विमान खरिदका ऐतिहासिक सम्झौता गर्नुले भारत अब उड्डयनको स्वर्ण युगतर्फ उन्मुख भएको देखाउँछ। झण्डै एक सय अर्ब अमेरिकी डलरको यो सम्झौतामा आर्थिक उन्नयनको दिशामा उकालोतिर लम्केको भारतलाई देखाएको छ भने विश्वभरका यात्रीको आवश्यकता पूरा गर्ने बृहत् विमानका विस्तृत शृंखलालाई समावेश गरेको छ। बोइङ र एयरबससँगका ती सम्झौताले भारतको आर्थिक विकासलाई सुपरिचत गराएको छ किनकि यसअघि विश्व नागरिक उड्डयनको क्षेत्रमा यति ठूला सम्झौता भएका थिएनन्।

एयर इन्डिया र बोइङबीच भएको सम्झौतालाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइस अमेरिकी अर्थतन्त्र र आफ्नो देशका कामदारका लागि मात्र नभई भारतका जनताका लागि पनि अवसर भएको बताउँछन्। अमेरिका र भारतबीच साझा हित र मूल्यमा आधारित सुदृढ आर्थिक सम्बन्धलाई एयर इन्डिया र बोइङबीचको सम्झौताले अझ सबल एवम् सुदृढ बनाएको उनी बताउँछन्।

भारत हवाई सेवाको उदीयमान बजारमा विस्तारै रुपान्तरण भइरहेको छ। यसलाई सबैले आशावादी नजरले हेरेका छन्। कोरोना महामारीपछि पनि केही सुस्ताएको उड्डयन बजार पुनः गतिशील भएको छ। गत वर्षदेखि गति लिएको उड्डयन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा सन् २०२० र २०२१ को तुलनामा गत वर्ष ४३ प्रतिशत अर्थात् १२ करोड ३० लाखले हवाई यात्रा गरेका थिए। बजार तथा उपभोक्ता तथ्यांक विशेषज्ञ ‘स्ट्याटिस्टा’ले आर्थिक वर्ष २०२२ मा भारतीय विमानस्थलबाट २२ करोड अन्तर्राष्ट्रिय यात्री आफ्ना गन्तव्यमा गएका अभिलेख राखेको छ।

भारतमा करिब चार सय विमानस्थल र एयर स्ट्रिप छन्। तीमध्ये केही सन् २०२२ को अन्त्यमा सञ्चालनमा आएका हुन्। भारतीय उड्डयन क्षेत्रले सामान्य रूपमा भारतीय आर्थिक वृद्धिसँग समानान्तर हुने प्रक्षेपण गरिएको छ, जुन आगामी एक दशकमा प्रमुख विश्व अर्थतन्त्रहरूमध्ये सबैभन्दा द्रुत गतिमा बढ्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि हालै संसारलाई नै पछि पार्दै भारत दिगो आर्थिक विकासको मार्गमा अघि बढ्ने प्रक्षेपण गरेको छ।

हवाई भाडा घटाउने, बजेट एयरलाइन्सको फ्लिटमा द्रुत विस्तार र भारतमा लगातार बढ्दो मध्यम आय समूहजस्ता सरकारका सक्रिय उपायहरूले भारतीय उड्डयन क्षेत्रको सफलतामा ठूलो योगदान गरेको छ। उदार उड्डयन नीतिका कारण भारत विश्वको सबैभन्दा सस्तो हवाई बजार पनि बनेको छ।

खाडी राष्ट्रका विमान कम्पनीले जमाएको प्रभुत्वमाथि निकट भविष्यमै भारतीय वायु सेवाले चुनौती दिने विशेषज्ञहरूको ठम्म्याइ छ। उनीहरूका अनुसार भारतीय विमान अब विश्वव्यापी रूपमा सबैभन्दा मनपर्ने वाहक बन्न सक्छन्।

हरेक दिन एक हजार ८०० उडान गर्ने सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी इन्डिगो पनि आफ्नो फ्लिट विस्तार गर्ने तयारीमा छ। पाँच सयभन्दा बढी विमान आपूर्तिको अर्डर दिइएको छ, जुन चाँडै इन्डिगो फ्लिटमा सामेल हुनेछन्।

इन्डिगोले आफ्नो सेवालाई अझ विस्तार गर्न हाल सञ्चालमा रहेका बाहेक थप ५०० वटा विमान खरिद गर्न लागेको जानकारी इन्डिगोको इन्टरनेसनलका बजार प्रमुख विनय मल्होत्रा बताउँछन्। दैनिक एक हजार ८०० उडानमध्ये १० प्रतिशत अन्तर्राष्ट्रिय रुटमा हुन्छन्। ती भारतीय उपमहाद्वीप र वरपरका केही देशबाहेक टर्कीको इस्तानबुलसम्म सेवा भइरहेको उनको भनाइ छ।

ग्लोबल एभिएसन एडभाइजरी एन्ड रिसर्च अर्गनाइजेसनले गरेको भारतीय उड्डयन प्रवृत्तिको विश्लेषणमा अन्तर्राष्ट्रिय हवाई यात्रुको मात्रामा तीव्र गतिमा वृद्धि हुने देखिएको छ। उक्त संगठनले सन् २०२९–३० मा ११ करोड ५० लाखदेखि १२ करोड ५० लाखसम्म पुग्ने अनुमान गरेको छ। घरेलु बजार पनि निकट भविष्यमा धेरै गुणा यात्री बढ्ने प्रक्षेपण गरिएको छ। सरकारको ‘उडे देशका आम नागरिक योजना’ले भारतको मध्यम वर्गलाई हवाई यातायातमा आकर्षित गर्न र हवाई यात्री ठूलो योगदान गरेको छ, जुन केही हदसम्म सफल पनि देखिन्छ।

गोवामा ग्रेनफिल्ड अन्तर्राष्ट्रिय विमानस्थलको हालै उदघाटन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको तेस्रो ठूलो हवाई बजार बनेको उल्लेख गर्दै ‘उडे देशका आम नागरिक’ योजनाले मध्यम वर्गको उडानको सपनालाई कसरी पूरा गरेको अध्ययनको विषय भएको बताए।

भारतीय एयरपोर्ट्स अथोरिटी अफ इन्डियाले एक दशकभन्दा कम अवधिमा दर्जनौं एयरपोर्ट आन्तरिक हवाई सेवा सञ्जालमा थपेको छ भने निर्माणाधीन विमानस्थललाई निर्धारित समयमै पूरा गर्न अहोरात्र काम गरिरहेको छ। आन्तरिक विमानस्थलको वृद्धिसँगै आन्तरिक हवाई यात्रीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।

निकट भविष्यमा विश्वस्तरका विशाल विमानस्थल बनाउने लक्ष्यका साथ भारत अघि बढेको छ। वार्षिक एक करोड २० लाख यात्रीलाई सेवा प्रदान गर्ने गरी आगामी वर्षभित्र नोएडा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अपेक्षा गरिएको भारतीय विमानस्थल प्राधिकरणका अध्यक्ष सञ्जीव कुमारले बताए। भारतको उड्डयन उद्योग सारा विश्वका लागि आशाको किरण बनेको उल्लेख गर्दै उनले विमानस्थल र विमानको संख्या बढेसँगै भारत उड्डयन स्वर्णिम युगतर्फ अग्रसर भएको बताए।

शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
इबोला प्रकोपले बढायो विश्व चिन्ता
विश्‍व घटना : इन्स्टाग्रामका ६३ हजार एकाउन्ट बन्द
असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल
विश्‍व घटना : चीनमा अवकाश उमेर ६० वर्ष

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.