काभ्रे – काभ्रेको पाँचखाल नगरपालिका-८ स्थित चिसापानीमा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ। आज दिउँसो सवा १ बजेतिर सडकमा जाली लगाउने क्रममा माथिबाट खसेको पहिरोमा परी सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–२, घर भएका कुशल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
Advertisement
प्रहरीका अनुसार कुशललाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो । पहिरोमा परेर चार वर्षीय बालक र एक जना महिला घाइते भएका छन् ।
घाइते हुनेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३, घर भएकी २३ वर्षीया सञ्जिता राई र उनका ४ वर्षीय छोरा सविक रहेका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।