काठमाडौं- थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई १(० गोल अन्तरले हराउँदै थ्री स्टारले जित हात पारेको हो।
Advertisement
थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ।