• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

जहाँ महिनावारीमा अझै महिलालाई पठाइन्छ जंगल


बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

नयाँदिल्ली- महिनावारीको समयमा भारतको केही गाउँमा अहिले पनि महिलाहरूलाई जंगलमा पठाइने गरेको छ।

Advertisement

आन्ध्र प्रदेश र तमिलनाडु राज्यको सीमा क्षेत्रका ती गाउँमा अझै पनि यस्तो कुप्रथा कायम छ। सन् २०१८ मा पनि बीबीसीको एक खोजीमा आन्ध्रप्रदेशको अनन्तपुरम जिल्लास्थित रोला मण्डलको गन्टा गोलहट्टी नामक गाउँबाट यस्तै खबर बाहिरिएको थियो। अहिले पनि बीबीसीले नै उक्त कुप्रथाको खुलासा गरेको हो। त्यस क्षेत्रका गाउँ अझै पनि ढुंगे युगकै चरणमा रहेको खुलासा बीबीसीले गरेको छ।

यो कुप्रथा एउटा गाउँको मात्र होइन। आन्ध्रप्रदेशको चित्तुर जिल्लाको कुप्पम मण्डलका उरिनयनपल्ली, उरिनायनी, कोथथुरु, सल्लारापल्ली तथा गुड्डीपल्ली मण्डलको पालयम र तमिलनाडुको एकलन्थम गाउँमा यस्तो कुप्रथा जीवित छ। ती गाउँहरूको आवादी करिब २ हजार ५०० छ।

आन्ध्रप्रदेशको चित्तुर जिल्लामा कुप्पम मण्डल मुख्यालयबाट उरिनायनपल्ली, उरिनयनी, कोथथुरु र सल्लारापल्ली गाउँ करिब ८ किलोमिटर टाढा पर्छन्। ती गाउँबाट केही किलोमिटर टाढा गुडीपल्ली मण्डलको पलायम गाउँ छ। उरिनयनपल्लीबाट जंगलको बाटो ६ किलोमिटर टाढा तमिलनाडुको कृष्णागिरि जिल्लाको एकलन्थम गाउँ पुग्न सकिन्छ।

ती गाउँमा वाल्मिकी नायडू जातिको बसोबास छ। ती गाउँमा प्राचीन कालदेखि नै महिलाहरूलाई महिनावारीका दौरान जंगल पठाइने गरेको छ। ती गाउँ अझै पनि दुर्गम छन्, विकासको नामो निशाना देखिँदैन, कतै।

जंगलमा पुगेका महिलाहरू पानीको जरुवाको आसपास बस्छन्। त्यहीं खाना पकाउँछन्, खान्छन्। अचार बनाउन या मसला पिस्नु परे जंगलका ढुंगा प्रयोग गर्छन्। उनीहरूले महिनाको चार दिन त्यसरी नै जंगलमा बिताउनु पर्छ। उनीहरूले ती चार दिनमा गाउँमा प्रवेश पाउँदैनन्। उक्त इलाका पहाडी क्षेत्रमा पर्छ। राति उनीहरू ढुंगाको ओढार खोज्दै निदाउँछन्।

जंगली जनावर, सर्प, बिच्छीलगायतले ज्यान लिने जोखिममा उनीहरूले चार दिन बिताउनुपर्छ। वर्षायाममा रुखहरूमा त्रिपाल बनाएर बाँच्छन्। उनीहरूका दूधे बच्चाहरूले पनि त्यसरी नै चार दिन आमाहरूसँग बिताउनुपर्छ।

अझ पहिलो महिनावारी भएका किशोरीहरूले त १० दिनसम्म जंगलमा बिताउनुपर्छ।

त्यस क्षेत्रमा सक्रिय सामाजिक संघसंस्था र तिनका कार्यकर्ताले पनि यो कुप्रथा हटाउन सकेका छैनन्।

यो क्षेत्र यति पिछडिएको छ कि त्यस क्षेत्रका बस्तीका मानिस खाली खुट्टै हिँडडुल गर्छन्। जुत्ता, चप्पल लगाउँदैनन्। कादिरी लक्ष्मी नरसिंह स्वामीको पूजा गर्ने यी गाउँका बासिन्दाहरूका अनुसार महिनावारीका बेला एक महिलाले भगवानलाई छोइदिएका कारण परम्परागत ढोल फुटेको अन्धविश्वासका कारण यो कुप्रथा शुरु भएको हो। अहिले पनि उनीहरूले स्वामीको मूर्तिलाई छुँदैनन्।

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
इबोला प्रकोपले बढायो विश्व चिन्ता
विश्‍व घटना : इन्स्टाग्रामका ६३ हजार एकाउन्ट बन्द
असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल
विश्‍व घटना : चीनमा अवकाश उमेर ६० वर्ष

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.