काठमाडौं – सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् ।
Advertisement
आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए ।
बेपत्ता हुने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पाहरू रहेको उनले बताए ।
पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा हराएकाहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए ।
उनीहरूको खोजीका लागि प्रयास भइरहेको भए पनि खोँच रहेका कारण सफल नभएको अध्यक्ष शेर्पाले बताए । उद्धारका लागि एसपीसीसीको टोली घटनास्थलमा रहेको छ ।